ज्योती चम्कँदा सुदूरपश्चिमलाई बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तथा विकेटकिपर ज्योती पाण्डेको अर्धशतकको सहयोगमा नेपाल एपिएफ क्लबले ललितपुर मेयर महिला च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई १ सय २८ रनको बलियो लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय २७ रन बनायो । एपिएफकी ओपनर ज्योती पाण्डेले ५० बलमा ७ चौका सहित सर्वाधिक ५९ रनको योगदान दिइन् । ज्योतीले ४४ बलमा अर्धशतक पूरा गरेकी हुन् । राम्रो लयमा रहेकी ज्योतीले पहिलो खेलमा प्रदेश १ लाई ८ विकेटले हराउनेक्रममा ३२ रनको योगदान दिएकी थिइन् ।

ओपनर ज्योती र कप्तान सीता रानामगरले ८.४ ओभरमा ५६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सीतालाई मध्यगतिकी बलर सुनिता लोहारले १६ रनमा बोल्ड आउट गर्दै साझेदारी तोडेकी थिइन् । त्यसअघि सुनिता लोहारको सातौं ओभरको पाँचौं बलमा विन्दु रावलले मिडअनमा सीताको ब्यक्तिगत १० रनमा क्याच ड्रप गरेकी थिइन् ।
ज्योतीलाई १८ औं ओभरको पहिलो बलमा कविता जोशीले रेवती धामीबाट क्याच गराएकी थिइन् । सरिता मगर ४२ बलमा ३ चौका सहित ३५ रनमा अविजित रहिन् । दोस्रो विकेटका लागि सरिता र ज्योतीले ५२ रनको अर्धशतकीय साझेदारी गरेका थिए । इन्दु बर्मा ४ रनमा अविजित रहिन् । सुदूरपश्चिमकी सुनिता लोहार र कविता जोशीले १-१ विकेट लिए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *