सोसिडाड ३४ वर्षपछि कोपा डेल रे च्याम्पियन

एजेन्सी – रियल सोसिडाड ३४ वर्षपछि स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । सेभियामा शनिबार राति भएको फाइनलमा कप्तान मिकेल ओयरजावालले पेनाल्टीमार्फत गोल गरेपछि एथलेटिको बिल्वाओलाई १–० ले पराजित गर्दै सोसिडाड च्याम्पियन बन्न सफल भएको हो ।

सोसिडाड १९८७ पछि कोपा डेल रेको च्याम्पियन बनेको हो । त्यतिबेला सोसिडाडले बार्सिलोनालाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो । सोसिडाडले आठपटक फाइनल खेल्दा समग्रमा सोसिडाडको यो तेस्रो कोपा डेल रे उपाधि हो । यसअघि सोसिडाड १९०९ मा च्याम्पियन बनेको थियो ।
सेभियामा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको २३औं मिनेटमा एलेक्सान्डर इसाकको प्रहारलाई बिल्वाओका गोलरक्षक युनाई सिमोनले बचाए । ३३औं मिनेटमा मार्टिनेजको प्रहारलाई एलेक्स रेमिरोले उच्कृष्ट बचाउ गर्दा बिल्वाओ अग्रता सलनबाट चुक्यो ।

५८औं मिनेटमा सोसिडाडले पेनाल्टीको अवसर पायो । मेरिनोले उपलब्ध गराएको पासमा क्रिस्टियन पोर्टुलाई सोसिडाडकै पुर्व खेलाडी इनिगो मार्टिनेजले लडाएपछि रेफ्रीले सोसिडाडलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा मिकेल ओयरजावाल चुकेनन् ।
उक्त फउलमा शुरुवातमा रेफ्री जेभियर इस्ट्रडाले मार्टिनेजलाई रातो कार्ड देखाएपनि भिआरको सहायताको कार्ड परिवर्तन भएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा ओयरजावालको गोल नै सोसिडाडलाई च्याम्पियन बनाउन पर्याप्त बन्यो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *