एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमा लिलसँग १–० ले स्तब्ध बनेको छ । पार्क डि प्रिन्सेसमा शनिबार राति भएको खेलमा जोनाथान डाभिडले पहिलो हाफमा गरेको गोल नै पीएसजीको हारमा निर्णायक गोल बन्यो । उनले
२०औं मिनेटमा जोनाथन कोनेको पासमा गोल गरेका थिए । एक गोलले पछि परेको पीएसजीले त्यसपछि लिललाई दवावमा राख्दै आक्रमण बुनेपनि फिनिसिङमा चुक्दा पीएएसजी स्तब्ध बन्न पुग्यो । तनावपुर्ण बनेको खेलको अन्त्यतिर दुवै टोली १० खेलाडीमा समेटिएको थियो ।
एसजीका नेयमार दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिदा लिलका थियागो डिजालो पनि पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।यो हारपछि शीर्षस्थान गुमाएको पीएसजी ३१ खेलबाट ६३ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । पीएसजीलाई हराएको लिल ६६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।
लिग वानकै अर्काे खेलमा लेन्सले लियोनलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको छ । लेन्सका जोनाथन क्लाउसले गोल गर्दा लियोनका लुकास पाक्वेटाले बराबरी गोल फर्काएका थिए । ९०औं मिनेटमा इस्लाम स्लिमानी सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि लियोन १० खेलाडीमा समेटिएको थियो ।
यो बराबरीपछि लियोन ३१ खेलबाट ६१ अंक जोडेर चौथो स्थानमा रहँदा लेन्स ४९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।