रियलको जित

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा शनिबार जित निकालेको छ । रियलले इबरलाई २–० ले पराजित गरेको छ । मार्को एसेन्सियो र करिम बेन्जेमाको गोलमा रियलले जित निकालेको थियो ।

एसेन्सियोले ४१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । बेन्जेमाले ७३ औं मिनेटमा गोल गरेका थिए ।बेन्जेमाले रियलमा आबद्ध भएयता लगातार सातौं खेलमा गोल गरेका छन् । भिनिसियसको गोलमा बेन्जेमाले हेडमार्फत गोल गरेका थिए । ला लिगामा यो उनको १८ औं गोल हो । पछिल्ला ७ खेलमा उनले ७ गोल गरेका छन् । सबै प्रतियोगितामा गरि बेन्जेमाले यो सिजन २४ गोल गरिसकेका छन् ।
जितपछि बार्सिलोनालाई पछि पार्दै रियल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । एक खेल कम खेलेको एट्लेटिको म्याड्रिडको भन्दा रियलको ३ अंक कम छ । २९ खेलमा रियलको ६३ अंक पुगेको छ । एट्लेटिको ६६ र बार्सिलोनाको ६२ अंक छ । इबर २३ अंकका साथ अंक तालिकाको १९ औं स्थानमा छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *