आश्रमलाई सनराइज स्पोर्टस् क्लबको सहयोग

बुटवल (हाम्रो खेलकुद) – सनराइज स्पोर्टस् क्लबले अनाथ आश्रममा खाद्यान्न, कपडा तथा स्टेशनरी समान सहयोग गरेको छ ।

क्लबले चैतको ६ र ७ गते आयोजना गरेको रिद्विसिद्धि फुटसल प्रतियोगिताबाट बचत रकमबाट तिलोत्तमा नगरपालिका वडा नं ६ को बाह्र अवस्थित रामचन्द्र मैनादेवी अनाथ आश्रमका बालबालिकालाई शनिबार सहयोग गरेको हो ।
फुटसलबाट २५ हजार रुपैयाँ बचेको रकमबाट कपडा, कलम, कपि, तेल, चामल, दाल, साबुनलगायतका सामग्री प्रदान गरिएको प्रतियोगिता आयोजक समितिका सागर कडेलले जानकारी दिएका छन् ।
विष्णु गदालको अध्यक्षता गरेको सहयोग कार्यक्रममा अनाथ आश्रमका अध्यक्ष मैनादेवी भण्डारीलाई सनराइज स्पोर्ट क्बललाई धन्यवाद दिए । आमश्रममा ११ बालकहरु आश्रित छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *