नेपाली खेलाडीसम्मिलित मासा बराबरीमा रोकियो

एजेन्सी – चार नेपाली राष्ट्रिय खेलाडी सम्मिलित मासा युनाइटेड राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा कराची युनाइटेडसँग बराबरीमा रोकिएको छ ।

बिहीबार भएको खेलमा मासा र कराचीले दुई गोलको बराबरी खेल्दै अंक बाडेका छन् । यो बराबरीसँगै समूह ‘बी’ मा मासा युनाइटेड शीर्षस्थानमा रहेको छ । समान अंक भएपनि कराची गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ ।
रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा मासाकी एरिवा अब्दुल र सरु लिम्बुले गोल गरिन् । कराचीकी जुलफिया नाजिर३९औं मिनेटमा नेपाली फरवार्ड अनिता केसीको पासमा एरिवा अब्दुलले गोल गर्दै मासालाई १–० ले अघि बढाइन् ।
४७औं मिनेटमा जुलफियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । ५४औं मिनेटमा सरु लिम्बुले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार गोलमा परिणत हुदा मासाले खेलमा २–१ को अग्रता लियो् ।
तर, मासाको त्यो अग्रता लामो समय टिकेन । ५७औं मिनेटमा एलिया अलादिनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याइन् । पेनाल्टी बक्सबाहिरको प्रहारलाई नेपाली गोलरक्षक एन्जिला तुम्वाप्पो सुब्बाले बचाउने प्रयास गरेपनि सफल हुन नसक्दा गोल हुन पुगेको थियो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *