काठमाडौं (हाम्रो खेलकुद)– खेल पोशाक तथा खेलकुद सामग्री उत्पादक कम्पनी केल्मीले अर्को वर्ष पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि गैरआवासयी नेपाली संघ खेलकुद प्रतिष्ठानलाई प्रायोजन गरेको छ ।
केल्मीको नेपाल वितरक कमारु टे«डिङ प्रालिका प्रबन्ध निर्देशक प्रदीप न्यौपाने र एनआरएनए खेलकुद प्रतिष्ठानकातर्फबाट उपाध्यक्ष तथा महिला तथा युवा विभागकी सभापति रविना थापाले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता तीन बर्षका लागि गरिएको बताइएको छ ।
सम्झौता अनुसार नवौं राष्ट्रिय खेलकुदमा एनआरएनएको टोलीबाट भाग लिने खेलाडी र खेल हेरि आवश्यकता अनुसार ब्याग, रुमाल, जत्ता र टिसर्ट उपलब्ध गराउनेछ । त्यस्तै अन्य आवश्यक खेल पोशाक ३० प्रतिशत कम मुल्यमा प्रतिष्ठानलाई प्रदान गर्नेछ । प्रतिष्ठानले भने केल्मीको बजार प्रबद्र्धनमा सहयोग गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
केहि वर्षदेखि नेपालमा विक्री सुरु गरेको केल्मीले नेपाली राष्ट्रिय भलिबल टोलीलगायत विभिन्न फुटबल क्लबलाई प्रायोजन गर्दै आएको छ । स्पेनिस खेल पोशाक तथा सामाग्री उत्पादक स्पेनिस कम्पनी केल्मीको नेपालमा १२ वटा आउटलेटबाट विक्री हुँदै आएको छ ।