मुख्यमन्त्री राईले गरे बिसिएफसीको उद्घाटन

विराटनगर (हाम्रो खेलकुद) – प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले विराटनगर सिटी फुटबल क्लब (बिसिएफसी) को बिहीबार औपचारिक उद्घाटन गरेका छन् ।

बिसिएफसी अर्को महिना काठमाडौं आयोजना हुने नेपालको पहिलो फ्रान्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) को ७ मध्येको एक टोली हो । बिसिएफसीले प्रदेश १ को टोली हो । राष्ट्रिय फुटबल टोलीका रक्षक रञ्जित धिमाल मार्की खेलाडी रहेको बिसिएफसीले गत साता अक्सनबाट अन्य १४ खेलाडी लिएको थियो । टोलीले प्रशिक्षक र विदेशीसहित खेलाडी चाडै अनुबन्धन गर्ने जनाएको छ ।
मुख्य मन्त्री राईले बिसिएफसीलाई सफलताको शुभकामना गर्दै सहभागिता मात्र नभै एनएसएलमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । बिसिएफसीले विराटनगरमै रहेर प्रशिक्षण गर्ने भएकाले त्यसले प्रदेशको फुटबल विकासमा सहयोग पुग्ने बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्की, विभिन्न नगरपालिकाहरुका मेयरहरु, पूर्वान्चल विश्व विद्यालयका उपकुलपति प्रो डा यादव राज कोइराला, पूर्व फुटबल खेलाडी बिष्णु बराल, मोरङ फुटबल संघ का अध्यक्ष दिपेन्द्र धिमाल, व्यवसायीलगायतको कार्यक्रममा उपस्थिति थियो ।
क्लबका अध्यक्ष अनुप रंजन भट्टराईले बिसिएफसीको मुख्यालय विराटनगरमै स्थापना हुने जानकारी दिए । भट्टराईले भने, “विराटनगर र प्रदेश १ मा फुटबल प्रतिको मोह निकै गहिरो छ र यस प्रदेशमा फुटबलको विकासनै हाम्रो मुख्य लक्ष्य रहनेछ ।
बिसिएफसीका प्रमुख कार्यकरी अधिकृत सुभाशिश कोइरालाले टोलीमा देशका प्रख्यात र उदाउदै गरेका खेलाडीका साथै अनुभवी विदेशी खेलाडीलार्य पनि समावेश गरिने बताए । विराटनगरका युवा खेलाडीलाई समेत समेट्दै केहि सातामा टोलीले विराटनगरमै प्रशिक्षण गर्ने जनाएको छ ।

सोही अवसरमा क्लब व्यवस्थापनले प्रदेशबासीलाई साथ दिनका लागि आग्रह समेत गरेको छ ।एनएसएल वैशाख ११ देखि २५ गते सम्म दशरथ रंगशालामा आयोजना हुँदैछ ।
विराटनगरका खेलाडीमार्की – रञ्जित धिमालअक्सनबाट लिइएका – अशोक थापा, किशोर गिरि, बिक्रम धिमाल, सरोज दाहाल, सुनिल बल, सुरज जिउ ठकुरी, विजय धिमाल, सुर्य अधिकारी, सन्तोष तामांग, हेम तामांग, सुशील लामा, सुनिल खड्का, दिपक राई, निर कुमार राई

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *