नुवाकोट विजय खड्गी स्मृति गोल्डकपको सेमिफाइनलमा

चितवन (हाम्रो खेलकुद) – चितवनमा सुरु भएको सेन्ट्रल कलेज स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल’ को उद्घाटन खेलमा नुवाकोट युनाइटेड एफसी विजयी हुँदै सेमिफाइनल पुगेको छ । नुवाकोटले सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब (बिएससी) लाई ३–० ले हराएको थियो ।

नारायणगढको क्याम्पा चौरमा भएको खेलमा नुवाकोटलाई जिताउन सजिन सजिन थापा मगरले २ तथा सिसिवस थापाले एक गोल गरे ।सिजनले १३ औं मिनेटमा गोल गरेका थिए । भरतपुरका डिफेन्डर बिट भएको अवस्थामा गोलरक्षक मनोज गुरुङ अघि सरेको फाइदा उठाउदै सिजनले गोल गरेका हुन् । दोस्रो हाफको १८ औं मिनेटमा सिसिवसले गोल गरे ।
फ्रिकिकमा प्रहार गरेको बल विपक्षी किपरले रोक्न प्रयास गर्दा पनि असफल भएपछि रिबाउन्डमा सिजनले गरेका थिए । दोस्रो हाफको ३३ औं मिनेटमा सजिनले व्यक्तिगत दोस्रो गोल गरे । खेलमा फर्किन भरतपुरले आधा दर्जन बढी मौका पाए पनि सदुपयोग गर्न सकेन । म्यान अफ दि म्याच नुवाकोटका सजिनले ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा शुक्रबार फर्साटिकर एफसी रुपन्देही र सुनौलो संगम युवा क्लब बुटवलबीच खेल हुनेछ । अन्तिम समयमा मकवानपुरले नाम फिर्ता लिएपछि बुटवल सहभागी हुने भएको हो । त्यसअघि प्रतियोगिताको उद्घाटन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले खेलाडीहरुलाई प्रोत्साहनका लागि विभिन्न कार्यक्रम गरिरहेको बताईन् ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा १० टोली सहभागिता छ । प्रतियोगिताको विजेताले उपाधि सहित ३ लाख र दोस्रो १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले २० तथा विधागत उत्कृष्ट खेलाडीले समान १० हजार रुपैयाँ पाउनेछन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *