साइनो मिल्स गोल्ड कपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)– साइनो स्पोर्टस क्लब रानी मोरङ प्रथम मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।धरान सिटी फुटबल एकेडेमी सुनसरीलाई बिहीबार १–० ले हराउँदै साइनो उपाधि नजिक पुगेको हो । साइनो शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल पूर्वाञ्चलको सामना गर्नेछ ।

दोर्जे तामाङले गरेको गोलमा साइनो फाइनलमा विजयी भएको थियो । उनले ५९ औं मिनेटमा गोल गरेका थिए । दोर्जेले आफूले प्रहार गरेको पेनाल्टी विपक्षी गोलकिपरले रोकेर पूर्णरुपमा नियन्त्रणमा लिन नसक्दा फर्केर आएको बलमा उनले गोल गरेका थिए ।

विजेता टोलीका गोलकिपर प्रज्वल श्रेष्ठ म्यान अफ दी म्याच घोषित भएका थिए । उनले ५ हजार र पदक प्राप्त गरे । न्यू सृष्टि दैनिकका सम्पादक शंकर खरेलले उनलाई पुरस्कार हस्तान्तरण गरे ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *