नेपाल र किर्गिस्तानको बराबरीपछि बंगलादेश फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र किर्गिस्तानको यु–२३ टोलीले बिहीबार गोलरहित बराबरी खेलेपछि बंगलादेश लिग चरणको अन्तिम खेलअघि नै थ्री नेसन्स कपको फाइनल पुगेको छ ।

पहिलो खेलमा किर्गिस्तानलाई १–० ले हराएको बगंलादेशको ३ अंक छ । बंगलादेश लिग चरणको अन्तिम खेलमा नेपालसँग पराजित भएपनि कुनै फरक पर्नेछैन ।
नेपाल र बंगलादेशबीचको खेल शनिबार हुदैछ । नेपाल र किर्गिस्तानको समान १ अंक छ । किर्गिस्तानले दुई खेल खेलिसकेको छ । नेपालले बंगलादेशसँग एक खेल खेल्न बाँकी छ ।
नेपालले किर्गिस्तानको युवा टोलीविरुद्ध दर्जन बढी अवसर पाएपनि फिनिसिङमा चुक्दा नेपाल बराबरीमा रोकिन बाध्य बनेको थियो ।नेपाललाई फाइनल पुग्न बंगलादेशविरुद्ध बराबरीको नतिजा पनि पर्याप्त हुनेछ । नेपाल १–० ले पराजित भएको अवस्थामा पनि फाइनल पुग्ने सम्भावना रहनेछ ।
राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले चैत १६ गते फाइनल खेल्नेछन् । विजेता टोलीले ५ हजार र दोस्रो टोलीले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *