मेयर महिला च्याम्पियनशिपको खेल तालिका सार्वजनिक

स्टार फुटबलर किलियन एमबाप्पे फ्रान्सको शिर्ष श्रेणीको फुटबलमा १ सय गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बन्दा पेरिस सेन्ट जर्माइन (पिएसजी) फ्रेञ्च लिग वानको शिर्ष स्थानमा उक्लिएको छ ।
एमबाप्पेले दुई गोल गरेपछि पिएसजीले आइतबार राति भएको खेलमा तेश्रो स्थानको लियोनलाई ४–२ ले पराजित गर्यो । शिर्ष चारको लागि यो सिजन निकै प्रतिस्पर्धा रहेको लिग वानमा पिएसजीले लिललाई गोल अन्तरको आधारमा दोश्रो स्थानमा धकेलेको हो ।
समान ३० खेलपछि पिएसजी र लिलको ६३ अंक भएको छ । लियोनको ६० र चौथो स्थानमा मोनाकोको ५९ अंक छ । आइतबार २–० को जित हात पारेको खण्डमा लियोन शिर्ष स्थानमा पुग्ने थियो । लिल रेलिगेसनबाट बच्न संघर्षरत निम्ससँग हारेपछि अन्य टोलीलाई फाइदा पुगेको हो ।
एमबाप्पेले १५ औं मिनेटमै गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि ड्यानिलोले ३२ औं मिनेटमा अर्को गोल गर्दा च्याम्पियन्स लिग उपबिजेता पहिलो हाफमा २–० ले अघि बढ्यो ।
एन्जल डि मारियाले दोश्रो हाफ शुरु भएको दोश्रो मिनेटमै तेश्रो गोल गरे भने त्यसको सात मिनेटपछि एमबाप्पेले अर्को गोल थप्दा लियोन एक घण्टा भित्रै खेलमा पुनरागमन नै गर्न नसकिने गरिन पछाडी परेको थियो । इस्लाम स्लिमानी र म्याक्सवेल कोर्नेटले लियोनको लागि गोल फर्काए पनि उसको हार टार्न पर्याप्त थिएन ।
२२ बर्षिय एमबाप्पेले लिग वानमा १ सय गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बन्ने किर्तिमान कायम गर्ने क्रममा हर्भ रेभेलीलाई पछि पारेका थिए । रेभेलीले १९६९ मा सेन्ट एटिनेका लागि उक्त किर्तिमान कायम गरेका थिए । त्यसको एक बर्षपछि पिएसजीको स्थापना भएको हो ।
एमबाप्पे यो सिजन लिग वानमा २० गोलसहित सर्वाधिक गोलकर्ताको सुचीमा पहिलो स्थानमा रहेका छन् । उनको नाममा ६ असिस्ट पनि रहेको छ । दोश्रो स्थानमा रहेका लियोनका मेम्फिस डिपेले १४ गोल गरेका छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *