बार्सिलोनाको जितमा मेस्सीको गोल

एजेन्सी – लिओनल मेस्सीले एक गोल र अर्को असिस्ट गरेपछि बार्सिलोनाले ला लिगामा सेभिल्ला माथि २–० को जित निकालेको छ ।

समग्रमा उच्च प्रदर्शन गरेको बार्सिलोनाले पहिलो हाफमै अग्रता बनाएको थियो । ओसमान डेम्बेलेले २९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । सेभिल्लाले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेको थियो ।
पटक पटक मेस्सीलाई असफल पार्न सफल भएपनि सेभिल्लाले गोल फर्काउन भने सकेन । मेस्सीले पनि खेलको अन्त्यतिर गोल गर्दै टोलीको जित निश्चित गरेका थिए । खेल सकिन ५ मिनेट बाँकी रहँदा मेस्सीले गोल गरेका थिए । जितसँगै बार्सिलोनाले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक अन्तरलाई २ मा घटाएको छ ।
एट्लेटिकोको ५५ अंक छ भने बार्सिलोनाको ५२ अंक पुगेको छ । तेस्रो स्थानमा झरेको रियल म्याड्रि«को ५२ अंक छ । बार्सिलोनाले २५ खेल खेलिसक्दा रियलले २४ र एट्लेटिकोले २३ खेल खेलेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *