बैतडीमा आफन्तबाटै किशोरी बलात्कृत, दुईजना पक्राउ

६ माघ, कैलाली । बैतडीमा १६ वर्षीया किशोरी आफन्तबाटै बलात्कारमा परेकी छिन् ।जिल्लाको सिगास गाउँपालिकामा १६ वर्षीया किशोरी काका र हजुरबुबा नाता पर्नेबाट बलात्कृत भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताए ।
‘किशोरीको परिवारले दिएको उजुरीको आधारमा दुईजनालाई नियन्त्रणमा लिएका छौँ,’ डिएसपी अधिकारीले भने, ‘अहिले घटनाबारे थप अनुसन्धान भइरहेको छ । ’
उनले दुवै जनालाई म्याद थप गरेर अनुसन्धान गरिरहेको बताए ।
घटना केही समय अघिको भएको प्रहरीले जनाएको छ । ‘किशोरीको गर्भ रहेको खुलेपछि उनी बलात्कारमा परेको आफन्तले थाहा पाएका हुन्’ अधिकारीले भने ।
किशोरीको स्वास्थ्य चेक गर्दा १२ हप्ताको गर्भ रहेको खुलेको प्रहरीले जनाएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *