रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार २२:००

बङ्लादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा ठूलो आगलागीको घटना भएको छ ।
आगलागीका कारण सयौँ शरणार्थीहरुका टहरा जलेर उनीहरु बासस्थान विहिन भएको अधिकारीहरुले जानकारी दिएका छन् । कक्स बजारमा रहेको नयाँपारा रोहिंग्या शरणार्थी शिबिरमा भएको आगलागीपछि शरणार्थीहरु विस्थापित भएका हुन् ।
सरकारी अधिकारीका अनुसार कम्तीमा ५०० टहरामा बस्ने शरणार्थी आगलागीका कार(ा प्रभावित बनेका छन् । आगलागीका कारण कुनै मानवीय क्षति भएको विवरण भने प्राप्त नभएको उनीहरुको भनाइ छ ।
शरणार्थी सहायता आयुक्त मोहम्मद शम्सद डौजाले स्थानीय समयअनुसार विहान ३ बजे आगलागी भएको जानकारी दिनुभयो ।
“झण्डै दुई घण्टापछि मात्रै विहान ५ बजेतिर आगलागी नियन्त्रण गरिएको थियो, त्यति बेलासम्ममा रोहिंग्या शरणार्थीका झण्डै पाँच सय टहरा पूर्ण रुपमा जलेका थिए,” उहाँले भन्नुभयो ।
टहरा पनि जलेपछि त्यसमा बस्दै आएका हजारौँ शरणार्थीहरु अहिले हिँउदे जाडोको मारमा परेको प्रत्यक्षदर्शीले बताए ।
उनीहरुलाई अहिले लगाउने, ओड्ने, ओच्छयाउने कपडा, बस्ने ठाउँ, खाद्य पदार्थको खाँचो रहेको र त्यसको व्यवस्थापन गरिदिने कार्य भइरहेको पनि उद्धार कार्यमा सम्लग्नहरुले जनाएका छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *