यस्तो छ परराष्ट्रमन्त्रीको भारत भ्रमणको कार्यतालिका

१ माघ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली ३ दिने औपचारिक भ्रमणका लागि आज नयाँदिल्ली गएका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नेछन् ।
आज भारतमा ज्ञवालीको औपचारिक कार्यक्रम छैन । उनी दिल्लीस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र अन्य अनौपचारिक कार्यक्रममा सहभागी हुनेछन् ।
शुक्रबार ११ बजे उनले हैदरावाद हाउसमा भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय भेटघाट गर्नेछन् । त्यसलगत्तै ११ः३० बजे नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक शुरु हुनेछ ।
सो बैठकपछि उनले नेपाल–भारत सम्बन्ध विषयमा आयोजना हुने एक कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुसँग भेटघाट गर्ने भनिए पनि अहिले तय भइसकेको छैन ।
उनी शनिबार २ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
 

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *