वैदेशिक लगानीले कृषिमा घात गर्छ

कृषिको प्राथमिक क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउने सरकारको निर्णयलाई म खेतीपाति माथिको प्रतिगमन मान्छु । नेपालमा यस्तो प्रतिगमन ५० वर्षमा धेरै पटक भएको छ । नेपालको कृषि आधुनिक, व्यवसायिक र विकसित हुनु पर्नेमा यतिका समय यस्तै प्रतिगमनका रोकिएको छ ।
५० लाखभन्दा बढी युवा किसान विदेश पलायन हुने कृषि यसैगरी भएको हो । जसका कारण खाना होइन, विष खुवाउने कृषि व्यवस्था हामीले भोगिरहेका छौं । यस्तो किन भयो भनेर बुभmन विगततिर फर्केर हुर्नुपर्छ ।
यूरोप र अमेरिकाले करिब तिनसय वर्षमा आफ्नो कृषिलाई हालको अवस्थामा पुर्‍याएका हुन् । उनीहरुले विकास गरेको प्रविधि, मैदानी कृषि, रशायन प्रयोगको अवस्थासँग हामीले तुलना गर्न सम्भव छैन । आधुनिक कृषि भित्र्याउने बहानामा संसद विघटन गरेर विद्यमान ऐनको अनूसूची रातारात फेरेर विदेशी लगानी भित्र्याउनु आफैंमा अपराध हो ।
औजार, लगानी, बिउ, बिजन, दृष्टिकोण के नभएर नेपाली कृषि पछि परेको हो ? कृषि विकासमा नेपालको दृष्टिकोण नै छैन भन्दा फरक पर्दैन । कृषि विकासका नाममा अरुको उक्साहट र योजनामा आएका नीति सबै असफल भए । केका लागि खेती गर्ने भन्ने दृष्टिकोण नै नभएपछि राज्यले गर्ने निर्णय यस्तै हो ।
लगानी र प्रविधि नै हाम्रो समस्या होइन । विदेशी लगानी चाहिन्छ, तर त्यो नेपाली किसानको क्षमताको हुनुपर्छ । प्रविधि पनि चाहिन्छ, त्यो नेपाली विशेषताको हुनु पर्छ । यसबाहेकको अवस्थामा विदेशी लगानी ल्याउनु भनेको त नेपाली किसानलाई विस्थापित गर्नु नै हो ।
हाम्रो कृषि प्रसार सिंहदरबारबाट बाहिर गएको छैन । हाम्रा फार्महरु दिनदिनै बन्द हुँदैछन् । यसरी कृषिको विकास हुन्छ ? हामीलाई लगानी चाहिएला, प्रविधि पनि चाहिएला, तर त्यो विदेशी नै किन हुन पर्ने ? कि योजनाबद्ध रुपमा कसैलाई ल्याउन खोजिएको हो ?
हामी अण्डा र मासुमा आत्मनिर्भरतातर्फ अघि बढेका छौँ । हजारौं किसान ठुला सहर वरीपरी तरकारी लगाएर जीबिकोपार्जन गर्दैछन् । व्यावसायिक कृषिलाई नै सम्झेर विदेशबाट र्फकन चाहने युवा धेरै छन् । देशमा भने चुच्चे नक्साको कुरा गर्दै आफ्नो माटो अरुलाई दिने राष्ट्रघाती काम अगाडि बढाइएको छ ।
नेपालको अर्थतन्त्रको मेरुदण्ड अझै पनि कृषि नै हो । बालुवाटार नै बेचेर खानेहरुले यो कुरो मान्नुपर्छ । अहिले केही मान्छे अमुल आउँदा एनसेल आएपछिको जस्तै प्रतिस्पर्धा हुन्छ भन्दै उपभोक्तामुखी बोली बोलिरहेका छन् । उनीहरुका अनुसार, कृषीमा विदेशी लगानी भए उपभोक्ताले नाफा पाउँछन् ।
तर, उपभोक्ता भन्दा पहिला नेपाली नागरिक चेत राख्नु पर्छ । नेपाल टेलिकम किन बिगि्रयो भनेर खोजेको भए एनसेल भन्दा राम्रो कम्पनी एनटीसी नै हुन्थ्यो होला । भारतको अमूल ल्याएर प्रतिस्पर्धा गराउनु  भन्दा नेपालमै अमूल्य बनाउँदा उत्तम होला ।
केही समय विदेशी व्यवस्थापन ल्याएर वाणिज्य बैंकमा सुधार गरियो । बरु यो मेडलमा जान सकिएला । सस्तो श्रम, प्रकृतिक स्रोतको प्रचुरता आदी भएकोले विदेशी कम्पनीहरुले नेपालमा आँखा गाड्छन् । हामीले बेलैमा सोचेनौं भने नेपालीले गरिखान नसक्ने वातावरण विदेशी लगानीका कारण हुन सक्छ । देशका सबभन्दा निरिह, अपमानित किसानलाई अझै छेउमा पारेर सरकारले के पाउँछ, उसले पनि बेलैमा सोचोस् ।
प्रत्यक्ष वैदेशिक लगानी ठूलो सैद्धान्तिक बहसको विषय हो । धनी मुलुकहरुको औपनिवेशिक नीतिकै निरन्तरता हो वैदेशिक लगानी । नेपालमा भने आफैं भारतको अमूल जस्तो कम्पनी बनाउने भन्दा त्यसैलाई भित्र्याउने काम गरिदैछ । औपनिवेशिकता स्वीकार गर्ने यस्तो काम रोकौं । प्रविधि र लगानीलाई अलग ढंगले विश्लेषण गरौं ।
प्रविधि हाम्रो अनुकुलताको, लगानी हाम्रो नेतृत्व र क्षमतामा हुनुपर्‍यो । लगानीको प्रयोजन के हो भन्ने कुरा स्पष्ट हुनुपर्‍यो । संविधानले सरकारी, निजी र सहकारिता अंगालेको छ । सहकारीहरुसंग अहिले ५ खर्ब रकम छ । यसले नेपालमा पैसाको अभाव देखाउँदैन ।
जहाँसम्म प्रविधिको कुरा छ, पहाडमा ट्याक्टर चल्ने खेती प्रणालीको बिकास हामीले गर्न पर्‍यो । यसका लागि आफ्नै दृष्टिको बनाऔं । कृषिका आधारभूत प्राथमिक क्षेत्रमा वैदेशिक लगानी नेपालीको हितमा छैन ।
(कुराकारनीमा आधारित )

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *