पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवको निधन

१ माघ, काठमाडौं । पूर्वमन्त्री एवम् भूमि व्यवस्थापन तथा सुकुमबासी समस्या समाधान आयोगका सदस्य दिनेशचन्द्र यादवको निधन भएको छ ।
काठमाडौंमा ग्राण्डी अस्पतालमा उपचारको क्रममा यादवको बिहीबार बिहान निधन भएको हो ।
उनी नेकपा बाँकेको इञ्चार्ज थिए । पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री र संविधानसभाका सदस्यसमेत थिए उनी ।
उनलाई यही पुस १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भोलिपल्टै उनलाई उपचार गर्न हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । मधुमेहबाटसमेत पीडित यादवको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *