कैलालीको भजनीमा तीन दिन सार्वजनिक बिदा

२८ पुस, कैलाली । कैलालीको भजनीमा बुधबारदेखि तीन दिनसम्म सार्वजनिक बिदा हुने भएको छ ।
थारु समुदायको महान् पर्वका रूपमा रहेको माघीको अवसरमा नगरपालिकाले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सुदूरपश्चिम सरकारले भुवा पर्वको अवसरमा पुस २९ गते सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिसकेको छ ।  माघ १ गते संघीय सरकारले र माघ २ गते नगरपालिकाले बिदा दिने निर्णय गरेको छ ।
माघ २ गते दिइने बिदाबारे नगरपालिकाले सूचनामार्फत जानकारी गराएको छ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *