काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अब चुनाव कुनै पनि हालतमा रोकिन नसक्ने स्पष्ट पारेका छन ।मंगलबार क्रियाशील दलित पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उनले सरकारलाई काम नदिएका कारण ताजा जनादेशमा जाने निर्णय गरेको भन्दै यो प्रतिगामी कमद नभएको समेत बताए ।मन्त्री गुरुङले पत्रकारहरुले पनि अहिलेको अवस्थालाई सुक्ष्म बिश्लेषण गरि धारणा बनाउनुपर्ने बताए ।उनले सवै दलहरु आन्दोलनको नाममा चूनावी प्रचारमा हिडेको उल्लेख गरे । द्वन्द्वकालमा जस्तो पुष्पकमल दाहालले ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति अहिले पनि अख्तियार गरेका कारण अहिलको अवस्थामा आएको उहाले बताए । त्यस्तै उनले माधवकुमार नेपालको ढाडमा टेकेर अध्यक्ष केपी ओलीको टाउकोमा हान्ने रणनीति बनाएको आरोप पनि लगाए । कार्यक्रममा क्रियाशिल पत्रकाहरुलाई सम्मान गरिएको थियो ।