सेयर बजारमा नयाँ रेकर्ड

२८ पुस, काठमाडौं । साताको दोस्रो दिन मंगलबार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक  उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । आज नेप्से २८.५९ अंकले बढेर दुई हजार दुई सय ६८ दशमलब २ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।
कारोबार रकम भने घटेको छ । मंगलबार ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये एउटा समूह घटेको छ भने अन्य ११ वटा समूह बढेका छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *