झापाको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु

२८ पुस, दमक । झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक व्यक्तिको मृत्यु भएको छ । दमक–३ स्थित शिविरमा आगलागी हुँदा ६० वर्षीय देशमान राईको जलेर मृत्यु भएको हो ।
राई प्यारालाइसिसका बिरामी थिए । उनी बाँसले बारेको एक तले घरमा सुतिरहेका थिए । उनको घरमा सोमबार बेलुका करिब साढे ७ बजे एक्कासी आगलागी भएको थियो । आगलागीको कारण खुलेको छैन ।
दमक नगरपालिकाको दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी मिलेर आगो निभाएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागीबाट तीन लाख बराबरको सुनचाँदी, आठ लाख बराबरको खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *