बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

२७ पुस, सुर्खेत । बालिका बलात्कारको आरोपमा दैलेखमा एक युवक पक्राउ परेका छन । गुराँस गाँउपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २० वर्षीय राजन विक पक्राउ परेका हुन् ।
घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
डीएसपी श्रेष्ठका अनुसार स्थानीय एक व्यक्तिले उक्त घटनाबारे प्रहरीलाई खबर गरेलगत्तै खटिएको प्रहरी टोलीले विकलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका युवकलाई अदालतबाट म्याद थपको अनुमति लिएर थप अनुसन्धान प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *