काठमाडौ । काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले नेपालको संविधानले संसद विघटनको प्रस्ताव स्वीकार गर्ने अधिकार राष्ट्रपतिलाई नदिएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा भएको अन्तरक्रियामा वरिष्ठ अधिवक्ता शम्भु थापाले संविधानमा नभएको व्यवस्थामा टेकेर आएको प्रस्तावलाई राष्ट्रपतिले स्वीकार गर्न नसक्ने जिकिर समेत गरे ।पूर्वसभामुख दमननाथ ढुंगानाले प्रतिनिधि सभा पुनस्र्थापना नभए संविधान नै विघटन हुने चेतावनी दिए । उनले देशमा बहादुर प्रधानमन्त्री भएजस्तै न्यायाधिशहरु ज्ञानि भएकाले प्रतिनिधि सभा पुनरस्थापना हुने विश्वास व्यक्त गरे ।पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रमा देश जनताको प्रतिनिधि मुलक संस्था विहिन बन्न नसक्ने भन्दै संसद पुनस्र्थापना गरी प्रतिगामी हर्कत गर्नेहरुलाई उचित कानूनी दण्ड गर्नुपर्ने बताए ।कार्यक्रममा देशलाई विभाजन गर्ने उद्देश्यले प्रतिनिधि सभाको विघटन गर्न खोजिएको सहभागिहरुले बताएका थिए ।।