बझाङमा नेकपाका दुवै समूहलाई प्रशासनको आदेश-पार्टी कार्यालयमा कार्यक्रम नगर्नू 

२७ पुस, डोटी । जिल्ला प्रशासन कार्यालय बझाङले चैनपुरमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यालयमा बैठक, भेला तथा अन्य कार्यक्रम गर्न नपाउने गरी आदेश जारी गरेको छ ।
बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेकपा पार्टी कार्यालयमा दुवै पक्षबाट भेला, बैठक तथा अन्य कार्यक्रम सञ्चालन गर्दा दुवै पक्षको बीचमा झडप हुन गई शान्ति सुरक्षा तथा अमन चयनमा खलल पुग्न सक्ने सम्भावना देखिएकाले पार्टीको विवाद कानुनी रुपमा निरुपण नभएसम्मका लागि पार्टी कार्यालयभित्र भेला, बैठक तथा अन्य कार्यक्रम सञ्चालन नगर्नु नगराउनु हुन यो सूचना/आदेश जारी गरिएको छ ।’
 

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *