प्रतिनिधिसभा विघटनविरुद्ध हस्ताक्षर अभियान सुरु

काठमाडौ । प्रतिनिधिसभा विघटनविरुद्ध संविधानसभा सदस्यहरूले हस्ताक्षर अभियान सुरु गरेका छन् । पहिलो र दोस्रो दुवै संविधानसभामा सदस्य रहेकाहरूले हस्ताक्षर गरेर प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेका हुन । संविधान सभा सदस्य मञ्चको अग्रसरता सुरु भएको अभियान अन्र्तगत तीन दर्जन संबिधान सभा सदस्यको हस्ताक्षर संकलन भैसकेको छ । प्रतिनिधिसभा विघटन गैर संवैधानिक भन्नेमा सहमत संबिधान सभा सदस्यहरुको मात्र हस्ताक्षर संकलन गरिएको मञ्चले जनाएको छ । अभियानमा नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई लगायतका नेताहरुले हस्ताक्षर गरिसकेका छन । बहुमतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने संविधान निर्माणकर्ताहरूको विधायकी मनशाय नभएको भन्दै हस्ताक्षर संकलन गरिएको हो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *