कोरोना खोपको खरिद पारदर्शी र वितरण न्यायपूर्ण हुन्छ : स्वास्थ्य मन्त्री

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका छन । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले खरिद र वितरणका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको बताएका हुन । खोप आयात भएको ७ दिन भित्रमा वितरण शुरु भइसक्ने पनि बताए । खोप कार्यक्रमका लागि अहिले सञ्चालनमा रहेका करिब १६ हजार खोप केन्द्रहरुलाई परिचालन गरिने भएको छ । यस्तै ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविकाहरु परिचालन हुने भएका छन ।खोपक शुरुमा मुख्य जोखिममा रहेका स्वास्थ्यकर्मी लगायत अग्रपंतिमा रहेका व्यक्तिहरुलाई दिइने भएको छ । ५५ वर्ष उमेर माथिका र दीर्घ रोगिहरुको लागि खोपको प्राथमिकतामा राखिएको छ ।खोपको प्राप्ती अन्य व्यवसायिक वस्तुको प्राप्ती जस्तो नभई राजनीतिक वस्तुको रुपमा देखा परेकाले आपूर्तिमा समस्या भएको पनि मन्त्री त्रिपाठीले बताए । रुस, भारत र युएईका राजदूतहरुसँग खोप ल्याउने सम्बन्धमा कुरा भैरहेको र अन्य मुलुकहरुसँग पनि राजनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ । पहिले सरकार सरकारबीच खरिद प्रक्रिया अगाडि बढाउने र त्यसपछि मात्रै निजी क्षेत्रबाट समेत ल्याउन पहल गर्ने मन्त्रालयको तयारी छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *