प्रकाशित मिति : २७ पुष २०७७, सोमबार १६:२८
काठमाडौं,२७ पुष। पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।
यससँगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । जसमध्ये २ लाख ५८ हजार ९६८ जनाले कोरोना जितेका छन् । आज सोमबार थप ५२७ जना डिस्चार्ज भएका छन्।
कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय २७ पुगेको छ