चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

२७ पुस, काठमाडौं । चितवनमा कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।
भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा राप्ती नगरपालिका–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालले बताए ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनी उपचारका लागि पुस १९ गते अस्पताल आएका थिए । सोही दिन संक्रमण पुष्टि भएका उनको उपचारको क्रममा आइतबार राति ८ः५९ बजे मृत्यु भएको उनले बताए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *