स्रोत नखुलेको ३१ लाखसहित एक पक्राउ

प्रकाशित मिति : २६ पुष २०७७, आईतवार २०:५६

स्रोत नखुलेको रु ३१ लाख नगदसहित सिरहा प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ । प्रहरी चौकी लकडिगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रु ३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका–२२ हक्पारा निवासी ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको हो ।
कपडाको झोलाभित्र स्रोत नखुलेको अवैधरूपमा बोकेर ल्याएको अवस्थामा नगदसहित यादवलाई पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि बरामद नगदसहित यादवलाई सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *