प्रधानमन्त्रीले पूर्वप्रधानन्यायाधीशलाई धम्क्याएको भन्दै दाहाल–नेपाल पक्षको आपत्ति

काठमाडौ । नेकपाको दाहाल–नेपाल पक्षले संसद विघटनका विरुद्धमा बोल्नेहरुलाई प्रधानमन्त्री केपी ओलीले धम्क्याएको भन्दै आपत्ति जनाएको छ । पेरिसडाडामा आइतबार भएको सचिवालय बैठकले चार जना पूर्व प्रधानन्यायाधीशहरूले संसद विघटनका विषयमा प्रतिक्रिया दिएपछि ओलीले धम्की दिएको भन्दै भत्र्सना गरेको हो । बैठकले सबै नागरिक समाज, पार्टी, सबै सचेत र प्रबुद्ध व्यक्तिलाई यसप्रकारको हमलालाई एकजुट भएर परास्त गर्ने आह्वान गर्ने निर्णय पनि गरेको छ ।बाइट ः नारायणकाजी श्रेष्ठ प्रवक्ता नेकपा दाहाल नेपाल समूहबैठकले ओलीले सरकारी सञ्चारमाध्यमको दुरुपयोग गरेको भन्दै तत्काल त्यो कार्य रोक्न मागसमेत गरेको छ । बैठकले संघर्षको कार्यक्रमलाई शसक्त बनाउने निर्णय पनि गरेको छ । वैयक्तित स्वतन्त्रता र संवैधानिक अधिकारको हनन भएको भन्दै त्यसको रक्षाका लागि दाहाल नेपाल समूहले अपिल गरेको छ । बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाट नभएको जानकारी गराएका छन । भारत भ्रमणको कुरा नितान्त परिवारलाई स्वास्थ्य उपचार गराउने सिलसिलामा भएको उनले बताएका हुन ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *