राजनीति जनहितमा छ-छैन समीक्षा गर्न ढिलो भयो : ज्ञानेन्द्र शाह

काठमाडौ । पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकको राजनीति जनहितमा छ कि छैन भनेर समीक्षा गर्न ढिला भएको बताएका छन । २ सय २९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै पूर्व राजा शाहले हामीले व्यहोरेको राजनीति कति इमान्दार, राष्ट्रकेन्द्रित र जनहित अनूकुल छ त्यसको समीक्षा हुन विलम्ब भएको बताएका हुन । उनले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्मसंस्कृति र एकता भत्काउँदै पराया इच्छा पुरा गर्ने अवाञ्छित क्रियाकलाप भित्रिएको महसुस आम नेपालीले गर्नुपरेको पनि उल्लेख गरेका छन् । राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो पार्नुपर्छ भन्ने औचित्य हिजो, आज र भोलि पनि रहने पूर्वराजाको भनाइ छ । जनचाहना बमोजिम अघि बढ्नू शाहवंशीय राजपरम्पराको विशेषता भएको तथ्य कसैबाट नछिपेको सन्देशमा उल्लेख छ । पूर्वराजा शाहले मुलुकको आवश्यकता अनुसार संबैधानिक राजतन्त्रको मर्यादा अनूरुप व्यवहार गरेको राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमान्दारिता देखाएको कुरा पनि स्मरण गरेका छन । अहिलेको समयमा आफु देश कसरी जोगाउन सकिन्छ भन्ने चिन्तामा रहेको पनि पूर्व राजा शाहले जनाएका छन । विज्ञप्तीमा वडामहाराजाधिराज पृथ्वी नाराणण शाहका दिव्यउपदेश नेपालको अस्तित्व रक्षा, नेपालीको एकता र मुलुकको समृद्धि लक्षित भएको महसुस गर्न पनि आग्रह गरेका छन ।।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *