संसद विघटनविरुद्ध सप्तरीमा पनि बयलगाडा जुलुस 

२६ पुस, सप्तरी । संसद विघटन गरेको विरोधमा सप्तरीमा बयलगाडा जुलुस प्रदर्शन गरिएको छ ।
नेकपा प्रचण्ड–माधव समूह निकट विद्यार्थीहरुले जिल्ला सदरमुकाम राजविराजमा आइतबार बयलगाढासहित विरोध प्रदर्शन गरेका हुन् । गोरुसहितको बयलगाडामा प्रधानमन्त्रीको तस्वीर टाँसेर अनेरास्ववियूले प्रदर्शन गरेको हो ।
स्थानीय शिव मन्दिर प्राङ्गणबाट निस्किएर बयलगाडा जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेको  थियो । ब्यलगाडा जुलुस निकाल्ने क्रममा ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुध संर्घष गरौं, प्रतिगामी कदम असफल पारौं, प्रतिगामी कदम मुर्दावाद’ सहितका नारा लगाइएको थियो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *