४२८६ जनाको परीक्षण गर्दा २५९ जनामा कोरोना संक्रमण

२६ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४२८६ परीक्षणमा १६० जना पुरुष र ९९ जना महिला गरी २५९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ७८० पुगेको छ । यीमध्ये हालसम्म २ लाख ५८ हजार ४४१ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ४ हजार ४२२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ११७९ जनाको होम आइसोलेसनमा छन् भने १९१ जनाको आईसीयू र ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *