प्रकाशित मिति : २५ पुष २०७७, शनिबार २०:५६
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनपछि मुलुक सङ्कटमा धकेलिएको बताउनुभएको छ । सिरहास्थित कर्जन्हा नगरपालिकाको बस्तीपुरमा आज आयोजित किसान नेता जयगोविन्द साहको ३१ औंँ स्मृतिसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले ‘सरकार पूँजीवादको बाटो समाएर अगाडि बढिसकेकाले’ वर्तमान नेतृत्वमा समाजवाद आउन नसक्ने बताउनुभयो ।
उहाँले ‘पार्टी हित विपरीत गतिविधि देखाएकाले’ प्रधानमन्त्रीलाई कारवाही गरिएको स्पष्ट गर्नुभयो । ‘पार्टीलाई एकताको भावनानुरुप तथा विधि र पद्धतिअनुरुप अघि बढाउन आग्रह गर्दा अध्यक्ष केपी शर्मा ओली त्यस विपरीत अघि बढ्न चाहेकाले यस्तो परिस्थिति आएको’ उहाँको भनाइ थियो ।सभामा पूर्वशिक्षामन्त्री तथा नेकपा स्थायी कमिटीका सदस्य गिरिराजमणि पोखरेलले प्रतिनिधिसभा विघटन संविधान र जनताको भावना विपरीत भएको बताउँदै सभा पुनःस्थापना हुने जिकिर गर्नुभयो । कर्जन्हा – ५ का किसान नेता साहको २०४७ पुस २५ गते भारतमा निधन भएको थियो । पञ्चायत विरोधी आन्दोलनमा लाग्नुभएका उहाँको शवसमेत तत्कालीन सरकारले नेपाल ल्याउन दिएको थिएन ।