महेश बस्नेतको नेतृत्वमा ‘धोती जुलुस’

२५ पुस, कमाडौं । नेकपा ओली समूहले राजधानीमा ‘धोती जुलुस’ निकालेको छ ।
युवा संघ नेपालको आफ्नो पक्षको बृहत भेला आयोजना गरेको ओली समूहले बानेश्वरदेखि कमलादीसम्म पैदल तथा मोटरसाइकल र्‍याली निकालिएको थियो ।
महेश बस्नेतले नेतृत्व गरेको र्‍यालीलाई ‘धोती जुलुसको नाम दिइएको थियो । जुलुसमा सहभागी केहीले धोती कुर्था लगाएर ‘धोती, कुर्ता, गम्छा मधेसीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानर बोकेका थिए ।
र्‍यालीमा सहभागीहरुले ‘अगाडि बढ केपी बा, ज्यान दिन तयार छौं’, ‘साइबर सेना आउँदैछ’ जस्ता नारा लगाएका थिए ।

 

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *