चार पूर्व प्रधानन्यायाधीशको विज्ञप्तिप्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकारको आपत्ति

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले पूर्व प्रधानन्यायाधीशको विज्ञप्तिप्रति आपत्ति जनाएका छन् ।
पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै संविधानको धारा ७६ प्रतिनिधिसभा विघटनमा आकर्षित नहुने बताएपछि त्यसमा थापाले आपत्ति जनाएका हुन् ।
आज सामाजिक सञ्जालमार्फत सल्लाहकार थापाले पूर्व प्रधानन्यायाधीशहरूले जारी गरेको संयुक्त विज्ञप्ति संवैधानिक प्रावधानका हिसाबले पूर्णतः गलत भएको बताएका हुन् ।
उनले संवैधानिक इजलाशले गरिरहेको सुनुवाईलाई प्रभावित गर्न पूर्व प्रधानन्यायाधीशले विज्ञप्ति जारी गर्नु गलत भएको उल्लेख गरेका छन् । सर्वोच्च अदालतको नेतृत्व गरिसकेकाले गति नछाडिदिए मात्रै पनि स्वतन्त्र न्यायपालिकाको मर्यादा र सम्मान अभिवृद्धि रहने थापाले उल्लेख गरेका छन् ।
बक्तव्यले अदालतलाई प्रभावित गर्ने र भीडको निहीत चाहनामुताविक फैसला गर्न प्रेरित र बाध्य गर्ने पूर्व प्रधानन्यायाधीशहरूको दुराशय स्पष्ट पारेको दाबी उनको छ ।
पूर्व प्रधानन्यायाधीशको विज्ञप्तिले सामाजिक मर्यादा र मानकका सारा स्थापित सीमा भत्काउनुका साथै न्यायिक क्षेत्रमा अराजकता र भिडतन्त्रमा पैरवीलाई नै व्यवहारमा प्रोत्साहन गर्ने आशंका समेत व्यक्त गरेका छन् ।
संसारभन अवकास पाएका न्यायाधीशले फैसला सुनाउन खोजेको उदहारण कही नदेखिएको पनि उल्लेख गरेका छन् । प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशले शुक्रबार विज्ञप्ति सार्वजनिक असंवैधानिक भनेका थिए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *