भर्खरै अमेरिकाबाट आएको श्रीमानको ह त्या गरेर श्रीमतीले पनि गरिन आ त्मह त्या

प्रकाशित मिति : २५ पुष २०७७, शनिबार ११:३१

काठमाडौं । काठमाडौंको टोखामा एक दम्पतिको शव शंकास्पद अवस्थामा भेटिएको छ । टोखास्थित एक अपार्टमेन्टमा बस्दै आएका ३३ वर्षीय उमेश केसी र उनकी पत्नी ३३ वर्षीया सुदिक्षा गिरी मृत अवस्थामा भेटिएका हुन् ।
उनीहरु सुर्खेतका स्थानीय वासिन्दा हुन् । महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी रोशन खड्काले केसीलाई ह त्या गरी उनकी पत्नी गिरीले आ त्मह त्या गरेको हुनसक्ने बताए । उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका थिए । उनीहरुबीच केही दिनयता विवाद हुँदै आएको थियो ।
यता मृतक उमेशका दाजु हिमेशले शवलाई परिवारको जानकारीबिनै प्रहरीले मुचुल्का उठाएर अस्पताल पुऱ्याउनुले घटना थप शंकास्पद भएको दाबी गरे । गएराति उमेश बेडरुममा लडिरहेको अवस्थामा फेला परेका थिए भने श्रीमती सुदिक्षा कोठाभित्रै झु ण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
उमेश दाजु हिमेशसँग मंगलबार खाजा खाएर छुटेका थिए । मंगलबार दिउँसो ४ बजे छुटेपछि हिमेशको उमेशसँग सम्पर्क भएको थिएन । ‘कोठाभित्रबाट लक थियो । त्यसैले बाहिरबाट कोही गएर ह त्या गरेको नदेखिएको अ नुसन्धान अधिकृतले बताए । श्रीमानको ह त्यापछि श्रीमतीले पनि आ त्मह त्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । घटना सम्बन्धि थप अ नुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अहिले केसी दम्पतीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।
सांकेतिक तस्विर

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *