राष्ट्रिय सभा बैठकमा नेकपाका सांसदहरुविच चर्काचर्की

काठमाडौ । प्रतिनिधि सभा बिघटनको विषयमा राष्ट्रिय सभा बैठकमा नेकपाका सांसदहरु विच नै चर्काचर्की परेको छ । बिहीबारको बैठकमा प्रतिपक्ष सांसदहरुले बिघटनको चर्को विरोध गरेपछि नेकपा सांसदहरुले गुटगत आधारमा धारणा राखेका हुन ।राष्ट्रिय सभा विशेष समयमा नेकपा विभाजनको असर देखिएको छ । बिहीबारको बैठकमा केपी ओली पक्षधर सांसदले प्रतिनिधि सभा विघटनको बचाउ गरेका छन भने दाहाल नेपाल पक्षले विघटन गैर संबैधानिक भएको बताए । नेकपा ओली पक्षका सांसद खिमलाल भट्टराईले संसद विघटनलाइ निरंकुश अधिनायकवाद र तानाशाही भन्नु जनतालाई भ्रमित पार्ने काम भएको बताए । निरंकुश शासक चुनावको मिति तोकेर जनतामाझ नजाने उनको भनाइ छ ।संसदमा बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशका लागि जनतामा जाने अधिकार प्रधानमन्त्रीमा हुने भट्टराईको भनाइ छ । बैठकलाई सम्बोधन गर्दै नेकपाको दाहाल नेपाल समूहका सांसद रामनारायण विडारीले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेर संबिधानको धज्जी उडाउनुका साथै अपराध गरेको दावी गरे ।बैशाखमा चुनाव नहुने र प्रधानमन्त्रीले फटहा बोलेको सावित हुने विडारीको भनाइ छ । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले भ्रष्टाचारमा मुछिएको सरकारलाई नेकपाले जोगाउदा अहिलेको अवस्था आएको बताए । उनले प्रधानमन्त्रीको मानसिक अवस्थामै प्रश्न समेत उठाए ।जसपाका सांसद मृगेन्द्रकुमार सिंह यादवले पार्टीको अन्तरकलहका कारण मुलुक नै अफ्ठयारो अवस्थामा प्रधानमन्त्री ओलीले पु¥याएको आरोप लगाए ।प्रधानमन्त्रीको कदम घरमा श्रीमती, बुवासँग झगडा भो भने घरमा आगो लगाइदिनेजस्तो काम भएको उनको भनाई छ । बैठकमा नेकपा सांसद शेरबहादुर कुँबर र गंगाकुमारी बेल्बासे ले संसदमा एउटै दल हुँदा दुई भाका हुँदा मन खाएको बताए । कोरोना कहर बहस हुनुपर्नेमा अन्य विषयमा लाग्नुपरेकोमा उनको चिन्ता थियो । बैठकमा कांग्रेस सांसद प्रकाश पन्त र अनिता देवकोटाले प्रधानमन्त्री ओली अधिनायकवादको वाटोमा अघि बढिरहेको गुनासो गरे । प्रधानमन्त्रीले राष्ट्रपतिलाई समेत विवादमा तानेको भन्दै बैठकमा सांसदहरुले असन्तुष्टि समेत जनाएका छन ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *