भाउजुको ह’त्या गर्ने देवर खुना सार्वजनिक

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार २१:०४

भाउजुको ह’त्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ परेका शुक्लाफाँटा नगरपालिका ८ का २४ वर्षीय मानसिंह खुनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । प्रहरीले ३५ वर्षीया कलावतीको ह’त्याको आरोपमा मानसिंहलाई गत असोज २८ गते पक्राउ गरेको हो । कलावतीको शव सुनवरा नदी किनारमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो ।
उनीहरु दुवै संँगै माछा मा’र्न खोलामा गएका थिए । देवरसंँगै खोलामा माछा मा’र्न गएकी कलावतीको शव नदीको किनारामा गाडिएको अवस्थामा फेला परेपछि मानसिंहलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले सार्वननिक गरेका खुना कलावतीका देवर हुन् । उनले सुनवरा नदीमा माछा मा’र्न नदीमा पसेका अवस्थामा घाँटी च्यापेर ह’त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *