एघार अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गरिने   

२ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रपैयाँ  बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये सात अर्ब २० करोड रुपैयाँ गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने चार अर्ब रुपैयाँ नयाँ हो ।
केन्द्रीय बैंकका अनुसार रु चार अर्ब बराबरको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *