अफगानिस्तानमा भएको झ’डपमा सात सैनिक र पाँच तालिबानको मृत्यु

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार १५:५४

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको सहिब जिल्लामा शनिबार राति अफगानिस्तानको सुरक्षा अधिकारी र तालिबानी लडाकूहरुबीच भएको झ’डपमा परी सात जना सैनिक मा’रिएका छन् ।
सो झ’डपमा परेर अरु कम्तीमा पनि पाँच जना तालिबानी ल’डाकूको मृत्यु भएको एक स्थानीय अधिकारीले आइतबार पुष्टि गरेका छन् । कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा भएको झ’डपमा परी ती सैनिक मा’रिएका अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार उक्त क्षेत्रमा रहेको सुरक्षा जाँच चौकीमा ठूलो संख्यामा आएका लडाकूहरुले हातह’तियारले आ’क्रमण गरेपछि दोहोरो भि’डन्त भएको थियो ।सो भि’डन्तका क्रममा ती सैनिक मा’रिएका बताइएको हो । त्यसैगरी सो झ’डपका क्रममा अरु पनि केही सैनिक घाइते भएका पनि बताइएको छ ।
उक्त जिल्लामा केही दिनयतादेखि तालिबानी ल’डाकूहरुले निरन्तर आ’क्रमण गर्दै आएका छन् । उता कतारको दोहामा अफगान सरकार र तालिबानीबीच शान्ति वार्ता जारी रहेको छ । तर पनि यता भने तालिबानीहरुले आ’क्रमण गर्न छोडेका छैनन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *