कालापानी सीमा विवादका विषयमा तत्कालै वार्ता नहुने भारतको संकेत

काठमाडौं । भारतले कालापानी क्षेत्रमा रहेको सीमा विवादका विषयमा तत्कालै वार्ता हुने सम्भावना नरहेको संकेत गरेको छ । नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालसँगको कालापानीको विषयमा पुरानै पोजिसन यथावत रहेको बताएका हुन । उनले नेपालसँग वार्ता वारे पत्रकारले सोधेको प्रश्नमा सीमाको विषयमा भारतीय अडान यथावत नै रहेको बताए ।नेपालमा मन्त्रिपरिषदको पुनर्गठन भएकाले कालापानीको विषयमा वार्ताको कुनै कुरा अगाडि बढ्छ भनी सोधिएको प्रश्नमा प्रवक्ता श्रीवास्तवले सीमाका विषयमा अहिले नै भन्नुपर्ने केही नभएको बताएका हुन । कालापानी क्षेत्रको भुभाग समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतसँग वार्ताका लागि पहल गर्दै आएको छ । तर भारतले त्यसमा चासो देखाएको छैन । चीनसँग सीमा विवादमा पटक पटक वार्ता भएपनि नेपालसँग भारतले कुरा गर्न नै चाहेको छैन ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *