काठमाडौँको नयाँ बजारमा भएको ड रलाग्दो बि स्फोटबाट ध्वस्त भएको त्यो घर पुग्दा प्रत्यक्षदर्शी अगाडी पट्टिको छिमेकीको अनुभव यस्तो (भिडियो)

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार १९:३८

काठमाडौँको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोकमा ग्यास सिलिण्डर वि स्फोट हुँदा ११ जना घाइते भएका छन् ।
उक्त घटनामा ठूलो भौतिक क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । घाइतेमध्ये तीन जनाको मनमोहन अस्पताल ठमेल र तीन जनाको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । वि स्फोटपछि आगलागीसमेत भएको जनाइएको छ । दमकलको सहायतामा प्रहरीले आगो निभाएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार आज बिहान ११ः५० मा घटना भएको हो । वि स्फोटबाट घरको भौतिक संरचना नै भत्किएको उहाँले जानकरी दिनुभयो । उक्त घटनाका कारण वरिपरीका घरमा समेत क्ष ति पुगेको जनाइएको छ ।

निलकुमारी क्षेत्रीको घरमा वि स्फोट भएको हो । उहाँका श्रीमान्को हिजो मात्रै निधन भएको थियो । परिवार कि रियामा बसेका बेलामा वि स्फोट भएको जनाइएको छ । चारतले घरको दोस्रो तलामा ग्यास चुहिएपछि वि स्फोट भएको प्रारम्भिक अ नुसन्धानमा देखिएको र घटनाको थप अ नुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *