नेकपा अध्यक्ष दाहालद्धारा कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित असन्तुष्ट नेतासँग छुट्टाछुट्टै छलफल

काठमाडौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित असन्तुष्ट नेतासँग खुमलटारमा छुट्टाछुट्टै छलफल गरेका छन । दाहालले वरिष्ठ नेता माधव नेपाल समेतको उपस्थितिमा निवासमा कर्णाली प्रदेशको बस्तुस्थितीवारे परामर्श गरेका हुन । दाहालले सुरुमा आफु निकट मुख्यमन्त्री सहितका नेता र त्यसपछि अविश्वास प्रस्ताव दर्ता गर्ने पक्षका सांसद यामलाल कँडेल लगायतसँग परामर्श गरेका हुन । छलफलवाट दाहालले विवादलाई सहमतिमा टुग्याएर अविश्वास प्रस्ताव फिर्ता गर्नुपर्ने कर्णालीका नेताहरुलाई बताएका छन । मुख्यमन्त्री शाहीविरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि कर्णाली प्रदेशमा विवाद चुलिएको छ । विवाद समाधान गर्न नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा पनि कर्णालीका मुख्यमन्त्री सहितका सांसदसँग छलफल गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको व्यस्तताका कारण बिहीबारका लागि तय भएको संयुक्त छलफल भने भोली मात्रै हुने कर्णालीका सांसदहरुले बताएका छन ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *