‘वन ऐन तल्लो तहसम्म पुग्न सकेनन्’

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार १६:४०

सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष भारती पाठकले वनमार्फत उद्यमशीलताका लागि बनेका ऐन समुदायको तल्लो तहसम्म पुग्न नसकेको बताउनुभएको छ । महासङ्घले आफूमा आबद्ध विभिन्न जिल्लाका पदाधिकारीलाई आज दिएको घरेलु उद्यमसम्बन्धी भर्चुअल तालीममा अध्यक्ष पाठकले उद्यम सञ्चालनमा सानादेखि ठूलासम्मका विषयमा समस्या उत्पन्न हुँदै आएको जिकिर गर्नुभयो । “उद्यम सञ्चालनका लागि सरकारीस्तरबाटै सहज नीति बन्न सकेको छैन”, उहाँले थप्नुभयो, “गरीब, विपन्न, महिला र पछाडि परेका समुदायलाई माथि उठाउने किसिमबाट उद्यमशीलताको विकास गर्नुपर्छ ।”
महासङ्घका महासचिव बिर्ख शाहीले वनको नीतिगत सुधारमा लाग्नुपर्ने तर्क राख्नुभयो भने सचिव ठाकुर भण्डारीले नेपाली बजार बिचौलियाको हातमा रहेकाले सरकारीस्तरबाटै उत्पादित सामानको बिक्रीवितरणमा ठोस नीति ल्याउनु आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा महासङ्घका कानूनी सल्लाहकार दिलराज खनालले तालीमबाट प्राप्त सुझावका आधारमा वन क्षेत्रमार्फत उद्यमशीलता विकासका लागि सरकारलाई प्रतिवेदन बुझाइने जानकारी दिनुभयो । त्यस्तै सहभागीले स्थानीय तहका जनप्रतिनिधिलाई वन उद्यमसम्बन्धी छलफलमा सहभागी गराउनुपर्ने, सरोकार निकायसँग छलफल अगाडि बढाउनुपर्ने, उद्यमशीलताका लागि आएको बजेट खुलाउनुपर्ने, स्थानीय महासङ्घमार्फत सहकारी सञ्चालन गरी जिल्लाभरि काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने, उद्यम सञ्चालनमा देशभर एकैखाले ऐन बनाउनुपर्नेलगायत सुझाव दिएका थिए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *