कोरोना रोकथाम र नियन्त्रणमा केन्द्रित रहेर काम अघि बढाउने नवनियुक्त मन्त्रीहरुको प्रतिबद्धता

काठमाडौ । नवनियुक्त तीन मन्त्रीहरुले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा ध्यान केन्द्रित गरेर काम अघि बढाउने बताएका छन । बिहीबार सिंहदरबारमा पदभार ग्रहण गदै अर्थ, शहरी विकास र सञ्चार तथा सूचना प्रविधिमन्त्रीले अलपत्र योजनाहरु अघि बढाउने बताए । अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै बिष्णु पौडेलले विश्व बैंकबाट २० करोड अमेरिकी डलर ऋण लिने निर्णयमा हस्ताक्षर गरेका छन् । नवनियुक्त शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रतिकुलतासँग झस्केर बर्वाद भयो भनेर कहिले पनि निराश नबन्ने उल्लेख गर्दै उहाँले प्रतिकुलताभित्र अनुकुलता सिर्जना गर्ने प्रतिबद्धता जनाए ।कुरा भन्दा पनि काम र परिणामलाई विश्वास दिने श्रेष्ठको भनाइ छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आफू चुनौती सामना गर्न नै मन्त्रालयको जिम्मेवारीमा आएको बताएका छन । एक सय दिनभित्र मन्त्रालयका समस्याहहरु अध्ययन गरेर योजनाहरु सार्वजनिक गर्ने उनले बताए ।महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले पनि पदभार ग्रहण गरेका छन । चुनौतीपुर्ण समयमा मन्त्रालयमा आएको भन्दै उनले कोरोनाले पारेका असर न्युनिकरणमा ध्यान दिने बताएका छन् । कार्यभार सम्हाल्नुअघि तीनै मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका थिए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *