काठमाडौंको नयाँ बजारस्थित एक घरमा शृंखलाबद्द् ग्यास सिलिन्डर बिस्फोट, ११ जना घाइते, घरको पर्खाल ध्वस्त, वरिपरी छिमेकीको झ्यालको सिसा समेत फुट्यो (भिडियो)

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार १४:१४

काठमाडौंको नयाँ बजारस्थित एक घरमा शृंखलाबद्द् ग्यास सिलिण्डर बिस्फोट भएको छ । निलकुमारी क्षेत्रको एक घरमा भएको ग्यास बिस्फोटले घरको पर्खाल ध्वस्त भएको छ भने वरिपरीको छिमेकीहरुको घरको झ्यालको सिसा र फ्रेममा समेत क्षेती पुगेको छ ।
किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको प्रारम्भिक जानकारी आएको छ । विस्फोटमा ११ जना घाइते भएका छन् । घाइते मध्य ४ जना गम्भीर रहेको र उनीहरुलाई मनमोहन अस्पताल लगिएको छ । उक्त घरको भुई तलाको भ¥याङ छेउमा ग्यास बाल्ने क्रममा लिक भएर आगलागी भएको र त्यहाँ रहेको अर्को सिलिन्डर समेत पालै पालो बिस्फोट हुदा ठुलो क्षति पुगेको हो ।


Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *