कांग्रेस प्रदर्शनमा अश्रु प्र’हारः सुरक्षाकर्मी र कार्यकर्ता घाइते

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार १८:०९

नेपाली कांग्रेस सर्लाहीले सदरमुकाम मलङ्गवामा आज गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्र’हार गरेको छ । रामनगर गाउँपालिका–७ बस्ने महेन्द्र रामको मृत्यु प्रकरणमा प्रतिनिधिसभा सदस्य अमरेशनारायण सिंह, नागेन्द्रकुमार यादव, प्रदेश नं २ का प्रमुख सचेतक उपेन्द्र कुशवाहा, प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहलगायत नेता सहभागी रहेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्यास र हवाई फा’यर गरेको कांग्रेसले आरोप लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख सन्तोषसिंह राठौरले आफूहरुले हवाई फायर नगरेको तर ३१ राउण्ड अश्रुग्यास र सामान्य लाठी चार्ज गरेको राससलाई बताउनुभयो । भीड नियन्त्रण बाहिर गएपछि आफूहरुले बाध्य भएर अश्रुग्यास र सामान्य लाठी चार्ज गर्न पुगेको प्रहरी उपरीक्षक राठौरको स्वीकार्नुभयो ।मलङ्गवा पब्लिक मावि अगाडिबाट विरोध प्रदर्शन शुरु गरिएको थियो । ह’त्याको छानबिन र उजूरी लिन माग गर्दै गरिएको प्रदर्शन जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको प्रदेशसभा सदस्य सिंहले बताउनुभयो ।
प्रदेशसभा सदस्य सिंहले प्रहरीले सयौंँ राउण्ड हवाई फा’यर गरेको जिकिर गर्नुभयो । प्रहरीको लाठी चार्जबाट ५० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएको कांग्रेस सर्लाहीले जनाएको छ । घटनाका दो’षीलाई कारवाही तथा मृतक रामलाई शहीद घोषणा गर्न माग गर्दै कांग्रेस सर्लाहीले विरोध प्रदर्शन गरेको हो ।प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहले कांग्रेस कार्यकर्ता र प्रहरीबीच भएको झ’डपमा नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरीका चार जना घाइते भएको जानकारी दिनुभयो । घटनामा विजय महरा, विलासी महरा र रामप्रदेश महरालाई पक्राउ गरिएको प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो ।
कांग्रेसले राम मृत्यु प्रकरणका विषयमा सत्यतथ्य छानबिन गर्न सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो । प्रहरीले घटनाको छानबिन नगरेर पीडित परिवारका तर्फबाट जाहेरीसमेत लिन नमानेको कांग्रेसको आरोप छ । रामनगर–७ सिसौट बस्ने राममाथि यही असोज २१ गते बेलुका आफ्नो घरअघि बसिरहेका बेला १२÷१५ जनाको समूहमा आएका अज्ञात व्यक्तिले धा’रिलो ह’तियार प्रहार गरेका थिए । आ’क्रमणमा परी गम्भीर घाइते भएका रामको असोज २२ गते उपचारका क्रममा इन्डो अस्पताल वीरगञ्जमा मृत्यु भएको थियो । रामको निधनपछि शव परीक्षणका लागि सर्लाहीस्थित मलङ्गवा अस्पतालमा परिवारले ल्याउन खोजे पनि प्रहरीले दबाब दिएर वीरगञ्जस्थित नारायणी अस्पतालमा राखेको कांग्रेसको आरोप छ । रासस

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *