रोकिएन सेयर बजारको गिरावट, नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्याे

२८ असोज, काठमाडौं । साताको चौथों दिन बुधबार पनि सेयर बजार ओरालो लागेको छ । मंगलबार ९ अंकले ओरालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ७ अंकले घटेको हो ।
नेप्से परिसूच्क ७ दशमलव ४९ अंकले घटेर १ हजार ५ सय ६१ दशमलव १७ अंकमा झरेको छ । नेप्से परिसूचकमाबै होइन अघिल्लो कारोबारको तुलनामा सेयर कारोबार रकममा समेत गिरावट आएको छ ।
मंगलबार करिब २ अर्बको कारोबार भएकोमा बुधबार डेढ अर्बको पनि कारोबार भएन ।
दिनभर भएका २४ हजार ८ सय ९९ कारोबारबाट १९५ कम्पनीका ५२ लाख ९१ हजार ३ सय १४ कित्ता सेयर खरिद बिक्री भएका छन् । जस अनुसार कारोबार रकम १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९ सय ९२ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।
कारोबार रकमका आधारमा बुधबार सबै भन्दा धेरै कारोबार जनरल इन्स्योरेन्सको भएको छ । सोमबार नेप्सेमा सूकिकृत भएर जनरलको मंगलबारदेखिमात्रै कारोबार शुरु भएको थियो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *